राष्ट्रिय सभा बैठक : आज पनि मन्त्रालयगत बजेट शीर्षकमाथि छलफल

काठमाडौं : राष्ट्रिय सभाको बैठकमा बुधबार पनि विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत बजेट शीर्षकमाथि छलफल जारी रहने भएको छ।दिउँसो सवा १ बजे बस्ने बैठकमा श्रम रोजगार तथा समाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि छलफल हुने कार्यसूची छ। यस्तै राष्ट्रपति, … Read more

बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न, एक जनाको मृत्यु

कैलाली । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए । “वडा नं १ देखि ९ सम्म … Read more

रविलाई कांग्रेस सांसद बस्नेतको चुनौती– ब्ल्याकमेलिङ होइन, फाइल खोलेर देखाउनुहोस्

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले गृहमन्त्रीलाई कांग्रेस नेताहरूको फाइल खोल्ने धम्की नभई फाइल भए खोलेर देखाउन चुनौती दिए । उनले ब्ल्याकमेलिङको राजनीति नगर्न आग्रह गरे ।”राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले … Read more

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा छलफल जुटाउन कार्यदलमा छलफल

काठमाडौँ – सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विपतिहरूका विषयमा प्रारम्भिक छलफल भएको हो । विधेयकमा रहेको मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा … Read more

पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व

बैंगलुरु,के तपाई पानीपुरी खानु हुन्छ । यदि खानु हुन्छ भने तपाईँलाई यो खबरले निराश बनाउन सक्छ । किनभने पानीपुरीमा क्यान्सर गराउने तत्त्व फेला परेको छ । भारतको कर्नाटकबाट डरलाग्दो खबर आएको छ । कर्नाटकमा बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । यसपछि कर्नाटक सरकार सतर्क भएर अनुसन्धान थालेको छ । अब … Read more

चितवनमा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु

चितवन । चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवामा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ । स्मार्ट फुड एण्ड स्न्याक प्रालि (चाउचाउ फ्याक्ट्री)मा काम गर्ने रत्ननगर–१४ का ५५ वर्षीय बलबहादुर गुरुङ मंगलवार दिउँसो ११ः५० बजे आफ्नै अफिसको भवनमा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेका थिए । दुई तला माथिबाट खसेर शरिरको … Read more

विदेशमा रहेका नेपालीको रक्षाका लागि नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।बुधबार सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको … Read more

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज फेरि बजारबाट ५० अर्ब झिक्दै

काठमाडौं,बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । निक्षेप संकलन खरिदका लागि आज (बुधबार) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको … Read more

उमेर पुगेपछि सन्तानको विवाह गराउने अभिभावकलाई सम्मान

महोत्तरी,महोत्तरीको मटिहानी नगरपालिकाले उमेर पुगेपछि मात्रै सन्तानको विवाह गराउने ४९ अभिभावकलाई सम्मान गरेको छ। श्रीराम माध्यमिक विद्यालयस्थित सभा हलमा कार्यक्रम आयोजना गर्दै नगरपालिकाले अभिभावकलाई सम्मान गरेको हो। अभिभावकलाई सम्मानपत्र तथा दोसल्ला ओढाई नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र सशस्त्र प्रहरीका एसपी विनोद केसीसहितले संयुक्त रूपमा … Read more

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न र कृषिको आधुनिकीकरण गर्न माग

काठमाडौँ, १९ असार : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकरण गर्न माग गरेका छन् । विनियोजन विधेयक, २०८१ का विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफलमा भाग लिँदै सांसदहरुले उक्त सुझाव दिएका हुन् । बैठकमा सांसद पदमबहादुर परियारले शिक्षा क्षेत्रमा अहिलेको आवश्यकताअनुसार बजेट विनियोजन नभएको उल्लेख गर्दै सोह्रौँ आवधिक योजनाले … Read more