एसईईको नतिजा राम्रो नआएपछि दोलखाकी एक छात्राले गरिन् आत्महत्या

दोलखाकोे गौरीशंकर गाउँपालिका वडा नम्बर २ की एक छात्राले एसईईको नतिजा राम्रो नआएपछि आत्महत्या गरेकी छन् । गौरीशंकर गाउँपालिका–२ जुँगुका रामबहादुर बुढाथोकीकी १६ वर्षीया छोरी जेनिसा बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । स्थानीय निलकण्ठेश्वर मावीबाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा राम्रो नआएपछि हिजो आफ्नै घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको … Read more

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु, दुई जना घाइते

गुल्मी– तम्घास-सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका-४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका- २ का छ वर्षीय शिव विकको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले … Read more

कल्भर्टमा कार खस्दा चालकको मृत्यु

काठमाडौं– स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका- ६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राति खसेका उनको आज … Read more

वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण

रामेछाप (मन्थली), असार १३ गते । रामेछापको रामेछाप नगरपालिका-७ सुकाजोरका वडाध्यक्ष समीर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ । वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बेँसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो । वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गर्नुभएको थियो । … Read more

छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड

काठमाडौँ, असार १३ गते । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले छाउपडी प्रथालाई राज्यले बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बसेको बैठकमा सांसदहरूले छाउपडी प्रथाका कारण किशोरीको सुरक्षा हुने नसकेको भन्दै यो प्रथा अन्त्यका लागि राज्यले आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो । सांसद सुरेशकुमार आलेमगरले केही दिन अगाडि अछाममा छाउपडीमा राखिएकी किशोरीमाथि भएको … Read more

विनियोजन विधेयक, २०८१ राष्ट्रियसभामा प्रस्तुत

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ राष्ट्रियसभा समक्ष प्रस्तुत गरेका छन्। आज बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न … Read more

इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन

चितवन  । कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै बजारसम्म पु-याउन इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा तीन वटा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ । गत आर्थिक वर्ष र चालु आवको बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी कृषि अधिकृत समीक्षा पौडेलका अनुसार गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषक समूहको २५ प्रतिशत … Read more

यी हुन् युरो–२०२४ को अन्तिम–१६ मा पुगेका टिम

काठमाडौं । जर्मनीमा जारी युरो–२०२४ को प्रि–क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा बुधबार समूह चरणअन्तर्गतका अन्तिम खेलहरू भएका थिए । जसबाट समूह ‘इ’ र ‘एफ’ का तीन टोलीको टुंगो लागेको हो । प्रतियोगिताको समूह ‘ए’ बाट घरेलु टिम जर्मनी र स्वीट्जरल्यान्ड्ले अन्तिम–१६ को यात्रा तय गरे । समूह ‘बी’ बाट स्पेन शीर्ष र साविक … Read more

पाकिस्तानमा गर्मीका कारण ६ दिनमा ५६८ जनाको मृत्यु

काठमाडौं । बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ । पछिल्लो छ दिनमा गर्मीबाट ५०० भन्दा बढीको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका जनता प्रभावित भएका छन् । ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरेको छ । तर, पछिल्ला ६ दिनमा उनीहरूले करिब ५ सय … Read more

यस्तो छ एसईई नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ मध्ये जीपीए ३.६० देखि ४ सम्म … Read more