भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो । महानगडरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गर्नुभयो । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ । नेपाल टेलिकम र जिल्ला प्रहरी … Read more

इन्डोनेसियामा भयानक सडक दुर्घटना : कङ्क्रिटको पर्खालमा बस ठोक्किँदा १६ जनाको मृत्यु

इन्डोनेसियामा भयानक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। सोमबार स्थानीय समय अनुसार मध्यरातमा ३४ जना यात्रु बोकेको बस कङ्क्रिटको पर्खालमा ठोक्किएको थियो । यस घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अरू धेरै जना घाइते भएका छन्। बस चालकले नियन्त्रण गुमाएर बस कङ्क्रिटको पर्खालमा ठोक्किएर पल्टिएको खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोले … Read more

नारायणघाटको दियालो रोड: सडक पेटीको गमलामा सुन्दर चित्र कोरिदै

चितवनको भरतपुर महानगरपालिका–१, स्थित दियालो रोडलाई सौन्दर्यकरण गर्ने अभियान अन्तरगत सडक पेटीको गमलामा सुन्दर चित्रहरु कोर्न थालिएको छ । वडा नं.१ को आर्थिक सहयोगमा दियालो रोड टोल विकास संस्थाले करिव ६ सय मिटरको दुरीमा रहेका ७५ वटा चारपाटे गमलामा चित्र कोर्ने काम भइरहेको टोलका अध्यक्ष रवि कुमार प्रधानले जानकारी दिए । नारायणघाटको लिला चोकदेखि गौरेश्वर … Read more

सुदन र मिराजलाई रक्षा बमको चेतावनीः चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नू

जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा टिप्पणी गरेकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत् बमले गुरुङ र ढुंगानामा पितृसत्तावादी सोच रहेको आरोप लगाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ पनि चेतावनी दिएकी छन्। एकजना जेन जी मित्र, जो Sep 8 को दिन आन्दोलनमै आएका थिएनन, आज अन्तरिम सरकारलाई … Read more

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। त्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाभित्रका विद्यालय तीन दिनका लागि बन्द गरिएको हो । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार तीन दिन यता चिसो बढेपछि महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उक्त … Read more

सुनको मूल्यले तोलाको २ लाख ६१ हजार भन्दामाथि

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ । आइतबार सुनको … Read more

निर्वाचन ७३ दिन बाँकीः यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन ९पहिलो संशोधन० निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार … Read more

चितवनको एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको … Read more

नदी किनारमा फोहोर जलाउनेलाई कारबाही गर्न चितवनको जेन-जी समूहको माग

नारायणी नदी किनारमा फोहोर जलाएको विषयमा चितवनको जेन-जी समूहले दोषीमाथि कडा कारबाहीको माग गरेको छ । चितवन जिल्ला खेलकुद विकास समितिले खेलकुद तथा व्यापारिक महोत्सव आयोजना गर्दा उत्पन्न फोहोर नदी किनारमै जलाएको घटनामा जेन-जी समूह र बेटर चितवन नामक संस्थाले आइतबार भरतपुर महानगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् । ‘महोत्सव सकिएकै महिना दिनभन्दन बढी भयो । त्यहाँको … Read more

१५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो घोषणा गर्नुभएको हो । आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको र सभापति बन्ने दाबी गर्नुभयो । महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताउनु भयो … Read more