यौन दुर्व्यवहार आरोपमा प्रहरीका बहालवाला इन्सपेक्टर पक्राउ

नेपाल प्रहरीका एक जना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत थिए । उनले १३ वर्षीया एक बालिकालाई जबरजस्तीकरणी प्रयास गरेको आरोप छ । … Read more

श्रोत नखुलेको ६९ लाख नेरुसहित चार चिनियाँं पक्राउ

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुरबाट बुधबार प्रहरीले चारजना चिनियाँं नागरिक पक्राउ परेका छन् । भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. ७० प. २८७२ नं. को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । स्रोत नखुलेको ६९ लाख पाँंच हजार नेपाली रुपैयाँं नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको … Read more

कसमस इभेन्टले ‘फेसन फर्वाड’ सिजन २ गर्दै

भरतपुर । चितवनमा ‘फेसन फर्वाड चितवन’ सिजन २ हुने भएको छ । कसमस इभेन्टको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आज बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी पुरा भएको जानकारी दिईएको छ । इभेन्टको अडिसन जेठ २४ गते सिजी लेयाण्डमार्कमा रहेको हारमोनी हाइट्स एण्ड बारमा हुनेछ । सहभागी मोडलहरुको लागि जेठ २५ गतेबाट कोरियोग्राफर … Read more

भरतपुर अस्पतालको मेसुमा डा. कृष्ण पौडेल

चितवन – चितवनको भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिएको छ। भरतपुर अस्पतालका प्रमुख डा श्रीराम तिवारीलाई हटाएर पौडेललाई नियुत्त गरिएको हो । यो सगैं पौडेल तेस्रो पटक भरतपुर अस्पतालको निमित्त मेसु नियुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र विभिन्न अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको … Read more

प्रधानमन्त्री प्रचण्डलाई पोखराका सहकारी पीडितले देखाए कालोझण्डा

पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका छन् । आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ … Read more

उपसभामुख रानाको अभिव्यक्तिमा कांग्रेसकी सचेतकले उठाइन् प्रश्न

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमा प्रश्न उठाएकी छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्री वर्षमान पुनको उपस्थिति हुनुपर्ने माग गरेका थिए । अर्थमन्त्री पुन राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गएका थिए । तर रोष्ट्रममा पुगेर लिङ्देनले अर्थमन्त्रीको उपस्थिति विना नबोल्ने अडान … Read more

‘सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छिसम्म गाडीमा यात्रा गरिदिन आग्रह’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छिसम्म गाडीमा यात्रा गरिदिन आग्रह गरेकी छन् । बुधबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नागढुंगा हुँदै गल्छिसम्म गाडीको सिसा खोलेर यात्रा गर्दा जनताको समस्या छर्लङ्गै देखिने बताइन् । ‘सम्माननीय र माननीय ज्युहरुलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु-नागढुंगा हुँदै गल्छिसम्म बिनासुरक्षा आफैं गाडी चलाएर … Read more

सुमना लक्षित ओलीको टिप्पणीमा रास्वपाको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले ‘घुम्दा घुम्दै मन्त्री बनेको’ भनेर टिप्पणी गरेको भन्दै आपत्ति जनाए । रास्वपाका नेताहरूका अनुसार पार्टीभित्र आन्तरिक छलफल गरेर नै पूर्वशिक्षा मन्त्री … Read more

लुम्बिनी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आजदेखि लुम्बिनी प्रदेशमा शुरु भएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा आज र भोलि ‘श्रमाधान रोजगार मेला’ चल्ने मेला संयोजक लोकनाथ भुसालले जानकारी दिनुभयो । मेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसङ्घ, … Read more

भारतको आसममा बाढीका कारण १८ जनाको ज्यान गयो

भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् । बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगाँव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ । यी जिल्लाहरूमा छ लाख २५ हजार तीन … Read more