हिजाे दाेहाेराे अङ्कले बढेकाे शेयर बजार आज सामान्य घट्याे

हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार आज तीन दशमलव ९७ अङ्कले घटेर दुई हजार ७९ दशमलव शून्य सात विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज एनआईबीएल स्टेबल फन्डको शेयर १० प्रतिशतले घटेको … Read more

डेडिकेटेड फिडर र ट्रङ्क लाइनकाे महसुल उठाउन विद्युत् प्राधिकरणलाई बाटो खुल्याे

सरकारले नेपाल विद्युत् प्राधिकरणलाई २०७२ साल माघदेखि २०७५ साल वैशाखसम्मको डेडिकेटेड फिडर र ट्रङ्क लाइनकाे महसुल उठाउन बाटो खुला गरिदिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गएको वैशाख २७ गते मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न प्राधिकरणलाई पत्र पठाएर महसुल उठाउने बाटो खुला गरिदिएको हो । मन्त्रिपरिषद्ले २०७२ साल माघदेखि २०७५ वैशाखसम्मको महसुल उठाउन प्राधिकरणलाई … Read more

काठमाण्डौ महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो

काठमाण्डौ महानगरपालिकाले फुटपाथ विस्तारका लागि भन्दै न्यूराेडमा भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाण्डौले टालेको छ । आज बिहान सडक डिभिजन कार्यालयले काठमाण्डाै महानगरले न्यूरोडमा भत्काएको सडकको भाग टालेको हो । भत्काएको सडक टालिदिन महानगरलाई पत्र पठाएको भए पनि बेवास्ता गरेपछि आफैँले टालेको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले कालाेपत्र गर्दै गरेको ठाउँमा नगर प्रहरी … Read more

प्रतिनिधि सभामा दुई वटा विधेयक प्रस्तुत, बजेटमाथिकाे छलफल चल्दै

प्रतिनिधि सभामा आज दुई वटा प्रतिवेदन प्रस्तुत भएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०’ र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेश … Read more

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली

जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नहुँदा पूर्वपश्चिम रेल्वेले अधिग्रहण गरेका जग्गाको मुआब्जा नपाएपछि यहाँका १४ परिवारको बिचल्ली भएको छ । रेल्वेले बर्दिबास नगरपालिका–१४ मा घरबास रहेकै स्थानको जग्गा अधिग्रहण गरे पनि मुआब्जा नपाएपछि बिचल्ली हुने अवस्था आएको पीडितले जनाएका छन् । रेल्वेले आफ्नो घर वरपर ट्र्याक निर्माणका लागि सयौँ उपकरण लगाएर माटो उठाइरहँदा यी १४ परिवार भने … Read more

पदपूर्तिको माग गर्दै सीटीईभिटीका कर्मचारी आन्दोलित

पदपूर्तिको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कर्मचारीहरुले कार्यालयमा रिले अनसन सुरू गरेका छन् । परिषद्ले पटक-पटक सम्झौता गरे पनि लागू नगरेको भन्दै आइतबारदेखि रिले अनसन शुरु गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेजबहादुर खत्रीले बताए । उनीहरुले विगत पाँच वर्षदेखि पदपूर्ति नभएको र २०७६ सालमा परिषदले गरेको ओ एन्ड एम सर्भे प्रतिवेदन … Read more

६ वर्षमा १२० स्थानीय तहमा मात्र पुग्यो औद्योगिक ग्राम

सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम परियोजना कार्यान्वयन थालेको ६ वर्ष पुगेको छ । तर, यस अवधिमा मात्र १२० स्थानीय तहमा मात्र औद्योगिक ग्राम घोषणा भएको छ । यसले सरकारको घोषणा बमोजिम स्थानीय सरकारको चासो र उत्साह बढ्न नसकेको पाइएको छ । सरकारले २०७५ सालमा एक कार्यविधि बनाउँदै यो परियोजनाको कार्यान्वयन थालेको थियो । … Read more

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको जनाइएको छ, जहाँ उनी निर्देशित फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु हुने … Read more

जनमतले गर्‍यो मधेश प्रदेश सभाको बैठक अवरुद्ध

मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक जनमतले अवरुद्ध गरेको छ । सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै जनमतले सदन अवरुद्ध गरेको हो । सुरुमै जनमतका प्रदेश सांसद संजय यादव उठेर घटनाको लागि छानबिन समित नबने सदन चल्न नदिने भनेका थिए । त्यसपछि जनमतका … Read more

न्यूरोडमा महानगर र सडक बिभाग आमने सामने

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक बिभागले हस्तक्षेप गरेको छ। सडक बिभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको थियो। सडक बिभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको छ। अहिले केही स्थानीयहरु महानगरको योजनाको विरुद्ध देखिएका छन् भने महानगरले काम रोक्न प्रयास गरिरहेको … Read more