प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको ‘एक्सन’, १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाडौं । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाईलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो । जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ … Read more

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षादेखि हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षासहित हल्कादेखि मध्यम … Read more

कृष्णप्रसाद भट्टराई निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति : उपप्रधानमन्त्री खड्का

काठमाडाैं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको  माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधै प्रेरणाको श्रोत भएको … Read more

सौराहामा सार्क स्तरीय फिल्म फेस्टिबल सुरु

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा विहीबार देखि सौराहा साउथ एशियन फिल्म फेस्टिबल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा फेस्विलको आयाेजना गरेकाे हाे । रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकाेटा प्रमख अतिथि रहेकाे उद्घाटन कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर विक्रम शाह, नायक शिव श्रेष्ठ, जनबादी गायक जीवन शर्मा, बरिष्ठ निर्देशक … Read more

सौराहामा आजदेखि दक्षिण एशियाली फिल्म फेस्टिभल सुरु

चितवन ,माघ १८ सौराहामा आजदेखि दक्षिण एशियाली फिल्म फेस्टिभल सुरु हुंँदैछ । रत्ननगरनगरपालिका वडा नम्बर ७ चित्रसारी खेल मैदानमा हुने फेस्टिभलको बागमती प्रदेशका सांस्कृतिक,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । क्याराभान नेपालका आयोजनामा हुन लागेको फेस्टिभलको फेस्टिभल सुरु हुनु पूर्व सौराहामा बिहान शोभायात्रा निकाल्ने तयारी गरिएको अध्यक्ष विमल पौडेलले जानकारी … Read more

बौद्धिक पलायनको भयाबह स्थिति रोक्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्। राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाइहरुको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा … Read more

प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटाकुटको घटनाबारेको छानबिन गर्न गठित समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ। सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले अध्यागमन अधिकृतलाई विभागीय कारबाही र असईलाई निलम्बन गर्न सिफारिस गरेको छ। हिजो समितिको तर्फबाट छानबिन प्रतिवेदन पेस भएको र अहिले अध्ययनको क्रममा रहेको गृह मन्त्रालयले जनाएको छ। समितिले कुटपिटमा संलग्न प्रहरी … Read more

भैँसीपालनबाट मनग्य आम्दानी

दाङ ।  दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुख्र्यौली पेसा भँैसीपालन हो । उहाँले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएको छ । उहाँले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आउनुभएको छ । परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लग्नुभएका उहाँले भँैसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय रु एक लाख ५० हजारसम्म … Read more

डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

काठमाडौ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । निगमले बिहीबार (माघ १८ गते) राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका … Read more

कस्तो रहला बिहीबार देशभरको मौसम?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ। दिउँसो … Read more