‘सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छिसम्म गाडीमा यात्रा गरिदिन आग्रह’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले सम्माननीय र माननीयलाई नागढुंगा हुँदै गल्छिसम्म गाडीमा यात्रा गरिदिन आग्रह गरेकी छन् ।

बुधबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले नागढुंगा हुँदै गल्छिसम्म गाडीको सिसा खोलेर यात्रा गर्दा जनताको समस्या छर्लङ्गै देखिने बताइन् ।

‘सम्माननीय र माननीय ज्युहरुलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु-नागढुंगा हुँदै गल्छिसम्म बिनासुरक्षा आफैं गाडी चलाएर गाडीको पूरै सिसा खोलेर यात्रा गरिदिनुहास् । त्यहाँ जनताको समस्या छर्लङ्गै देखिनेछ,’ उनले भनिन् ।

यो यात्रा गर्न नकसे धार्केबाट भीमढुंगा हुँदै काठमाडौं छिर्ने वैकल्पिक सडकको पूर्वाधारमा ख्याल गरिदिन उनको अग्रह छ । ‘धार्केबाट भीमढुंगा हुँदै काठमाडौं छिर्ने बाटोमा चार सय किलोमिटर पिच हुन बाँकी छ । त्यो पिच गरियोस्,’ उनले भनिन् ।

 

सेयर गर्नुहोस्