आज सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार हुँदै

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आज नयाँ रेकर्ड बनेको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार रुपैयाँ बढी हो । आज तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज शुक्रबार चाँदीको मूल्य पनि पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेर आज चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्