काठमाडौं- प्रहरीले अवैध रूपमा लुकाएर ल्याएको करिब ८९ ग्रामको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
८९ ग्राम तौल भएको धातुको ब्रासलेट १ थान र सिक्री १ थानसहित भारतीय नागरिक ४३ वर्षीय नितिन महेश्वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।थाई लायन एयरको उडानबाट बैंकक हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुनसहित प्रहरीले पक्राउगरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।