पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाका अन्दाजी २१ वर्षका सञ्जय भण्डारी शुक्रबार पौडी खेल्न फेवाताल पुगे । भण्डारीसहित पाँच जना युवा पौडी खेल्न फेवातालको चिसापानीमा पसे ।भण्डारी अचानक फेवातालमा डुब्न पुगे र बेपत्ता पनि भए । भण्डारी डुबेको खबर पाउने वित्तिकै उनको उद्दार गर्न सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यू टावरबाट टोली खटियो ।
विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले भण्डारीलाई अचेत अवस्थामा उद्दार गर्यो ।त्यसपछि भण्डारीलाई तत्कालै उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए । उनको हाल उपचार भइरहेको छ ।