स्याङ्जामा पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको होपहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए ।

उनका अनुसार राति सुतेका बेला पहिरो खसेको हो। घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्त कहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको भुजेलले बताए । पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ । पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्