भरतपुर महानगरपालिका वडा नम्बर २ मा लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी सचेतना

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ इन्द्रेणी टोलमा लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी सचेतना सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका वडा नं.०२ इन्द्रेणी चोक आपटारी स्थित ईन्द्रेणी टोल बिकास संस्था र जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना, उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

स्थानीयलाई जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक श्रीराम भण्डारीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाटले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष लगायत अन्य पदाधिकारीहरु, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्