काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।मंगलबार दिउँसो आयोगको टोलीले छापा मारेर विभिन्न कागजात नियन्त्रणमा लिएको हो ।मणिपाल मेडिकल कलेजको भवन नक्सा पासमा १९ करोड ८१ लाख राजस्व छुट दिएपछि महानगरविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
आयोगको टोलीले कार्यालयबाट कार्यपालिका बैठकको निर्णय, राजस्व विवरण, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ।