२४ असार, काठमाडौं सहकारी छानबिन संसदीय विशेष समितिले सोमबारको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गरेको छ ।सिंहदरबारमा बसेको बैठकमा सहकारीको समस्या र समाधानका सम्बन्धमा गभर्नर अधिकारीका साथै नेपाल बैंकर्स संघ र कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष तथा पदाधिकारीहरूसँग पनि छलफल गरेको छ ।
समितिले यस अघिको बैठकमा गृह सचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।नेकपा एमालेका सांसद सूर्य थापा सभापति रहेको संसदीय समितिले राजनीतिक दलबाट पनि सहकारीका समस्या समाधानका लागि सुझाव लिन पत्राचार गरेको छ ।