भरतपुर मोटरसाइकल दुर्घटना अपडेट : चालक तामाङको उपचारका क्रममा मृत्यु

चितवन, भरतपुर महानगरपालिका–४ त्रिचोकस्थित भित्रि सडकखण्डमा हिजो भएको मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।मोटरसाइकल चालक भरतपुर–७ नारायणपुर चोक बस्ने ३५ वर्षीय मनोज तामाङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा हिजो दिउँसो ४ः२२ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हिजो दिउँसो ३ः१५ बजेको समयमा पिपलचोकबाट त्रिचोकतर्फ आउँदै गरेको ना ५४ प ५८११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकल पल्टिँदा दुई जना गम्भिर घाइते भएका थिए ।

मोटरसाइकलको पछाडि सवार भरतपुर–७ कृष्णपुर बस्ने २१ वर्षीय पुजन गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ ।

सेयर गर्नुहोस्