सुनको भाउ तोलामा ८ सयले बढ्यो, चाँदी १५ रुपैयाँले बढेर कारोबार हुँदै

काठमाडौं: सुनको भाउ तोलामा आज ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि साताको पहिलो दिन आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ८ सय ७० रुपैयाँ रहेको चाँदी आज १ हजार ८ सय ८५ रुपैयाँ कारोबार भइरहेकोे महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्