गैंडाकोटको थुम्सीमा भेटिए दुई वटा शव

पूर्वी नवलपरासी — गैंडाकोटको थुम्सीमा २ वटा शव फेला परेको छ । नदी किनारमा दुई वटा शव भेटिएको भन्दै स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

गैंडाकोटको थुम्सीमा भेटिए दुई वटा शव

नदी किनारमा दुई वटा शव भेटिएको, तर पहिचान नखुलेको प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए ।

उनका अनुसार ती शव दुई दिनअघि चितवनको सिमलतालमा बेपत्ता भएको बसका यात्रु हुन सक्ने अनुमान गरिएको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर ७ गैरी नजिक गैह्रीमा शव भेटिएको हो । ‘यो स्थान महेन्द्रराजमार्गको थुम्सी नजिक हो,’ प्रहरीले भन्यो, ‘स्थानीय र प्रहरी खटिएका छन् ।’

 

सेयर गर्नुहोस्