चितवनको जलमा र सिजीमा चलचित्र ‘घरज्वाइँ’ हेर्नेको भीड

चितवन, शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घरज्वाइँ’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । चितवनको क्यूएफएक्स जलमा र सिने प्लेक्स सिनेमा हल क्युएफएक्स सिजीमा शुक्रबार र शनिवार चलचित्र ‘घरज्वाइँ’ हेर्नेको भीड लागेको छ ।

चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको छ भने उत्कृष्ट चलचित्र निर्माण भएको प्रतिकृया समेत दिएका छन । चलचित्रले नेपाली संस्कार संस्कृतिलाई प्रबद्र्धन गरेको भन्दै कलाकारको प्रस्तुीत समेत दमदार रहेको बताएका छन ।

दुबै हलका अधिकांस शोमा दर्शक भरिएका छन । दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले निकै रुचाएका छन । जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा सुसन प्रजापतिले खिचेका हुन् ।

पूर्वी रुकुम आसपास छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैँले लेखेका हुन्। पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।

सेयर गर्नुहोस्