चितवनमा रेलमार्ग सर्भे टोलीको गाडीमा स्थानीयले गरे आगजनी

चितवन,चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ।

गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको छ।

सेयर गर्नुहोस्