सातदोबाटोका तीन टहरामा ललितपुर महानगरले चलायो डोजर (तस्बिहरू)

ललितपुर– ललितपुर महानगर प्रहरी बलले बिहीबार बिहान नक्सा पास नभएका घर-टहरामा डोजर चलाएको छ ।

सातदोबाटोस्थित चक्रपथसँगैका नक्सा पास नभएका तीनवटा टहरामा डोजर चलाएर महानगरपालिकाको टोलीले भत्काएको हो ।मापदण्डविपरित सडकको जग्गा मिचेर बनाइएका टहरामा डोजर र नगर प्रहरी परिचालन गरे‍र भत्काइएको महानगरले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्