नवलपरासी । नवलपुरको कावासोती-४, हसौरामा मंगलबारदेखि हराइरहेका ३० महिने बालक बुधबार खोलाकिनारमा मृत अवस्थामा फेला परेका छन् ।
कावासोती-४ हसौरा निवासी पूर्ववडाध्यक्ष रामजी ढुङ्गानाका नाति सुवास ढुङ्गाना बुधबार बिहान ९ः१५ बजेतिर कावासोती-४, हसौरास्थित चिलाहाको हसौरा खोलाकिनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
घटनास्थलमा अहिले प्रहरी पुगेर घटनास्थलको मुचुल्का तयार पार्ने काम भइरहेको उनले बताए । बालक मंगलबार बिहान हसौरानजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासि बेपत्ता भएका थिए । उनको खोलामा बगेको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेपछि फेला पर्न सकेको थिएन ।