महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरको नगदसहित सम्मान, जनही १–१ लाख पुरस्कार

काभा नेसन्स लिगको उपविजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा महानगरका मेयर (प्रमुख) बालेन शाहले खेलाडीलाई जनही १–१ लाख रुपैयाँसहित पुरस्कृत गरेका हुन् ।टोलीमा रहेका १४ खेलाडीलाई महानगरले जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।

सम्मान र पुरस्कार प्राप्त गर्ने खेलाडीमा कप्तान अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को‌ कभर्ड हलमा बुधवार भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ ले पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर शाह र उपमेयर सुनीता डंगोल पनि उपस्थित थिए ।

यस्तै टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरले समान ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सेयर गर्नुहोस्