काठमाडौंमा नयाँ झिलिमिली बत्ती जडान नगर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ झिलिमिली बत्ती जडान नगर्न निर्देशन दिएको छ ।२१ साउनमा बसेको महानगरको अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

सडक छेउ, सम्पदा स्थल र सहरी वन आदिमा राखिएका झिलिमिली लहरे बत्ती व्यवस्थापनबारे निर्णय गर्दै समितिले अर्को व्यवस्था नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद एवम् जडान कार्य अघि नबढाउन निर्देशन दिएको हो ।
सेयर गर्नुहोस्