चितवन । चितवनको राप्ती २ का राज रिजाल क्षेत्रीले सानो उमेरमा नै धेरै फेशन तथा म्युजिकल इभेन्ट्स गरिसकेका छन् । २२ वर्षिय राजले आफ्नो टिमसँग मिलेर देशभरका विभिन्न ईभेन्ट गरिसकेका छन् ।
राजको आफ्नै ईभेन्ट कम्पनी छ । फेशन तथा म्युजिकल इभेन्टलाई लक्षित गर्दै उनले द पोजेटिभ ईभेन्ट्स दर्ता गराएका छन् । उनी उक्त कम्पनीका सिईओ समेत हुन् । राज अध्ययन, रोजगारी र अवसरको खोजीमा राप्तीबाट भरतपुर आएका थिए । भरतपुर आएर उनले अध्ययन सँगै विभिन्न कार्यक्रमहरुलाई नजिकबाट नियाल्न थाले । कार्यक्रम कसरी गर्ने, व्यवस्थापकिय पक्ष कसरी मिलाउनेलगायतका बिषयमा अध्ययन गर्न ताले । अन्य ईभेन्ट कम्पनी तथा कलाकारहरुसँग सम्बन्ध बढाउदै गए । ‘अरु ईभेन्टहरु हेर्थे । त्यहाँबाट सिक्दै आए । बिस्तारै आँफैले ईभेन्ट गर्न थाले’, उनी भन्छन् ।
आफूले चितवनमा थुप्रै सांगीतिक कार्यक्रम आयोजना गरेको उनी सुनाउँछन् । उनले आफ्नो टिमसँग मिलेर नेपालभरका विभिन्न सांगीतिक कार्यक्रमहरूमा पनि काम गरेका छन्। उनलाई द पोजेटिभ इभेन्ट्सका कार्यकारी निर्देशक रुबिन क्षेत्री र ईभेन्ट निर्देशक सञ्जय जंग क्षेत्रीले बलियो साथ दिएका छन् । सांगीतिक कार्यक्रम गर्दै आएका राज अहिले फेशन क्षेत्रमा पनि आफूलाई स्थापित गर्ने प्रयासमा छन् । उनले यस क्षेत्रमा पनि आफ्नो क्षमता परीक्षण गरेका छन् । केही समय अघि मात्रै उनले उनले द राइज ईभेन्ट र द राइजिङ ईभेन्टसँगको सहकार्यमा फेशन शो गरेका थिए । उनले गोल्डेन ईमिनेन्ट फेशन फ्युजन रवे गरेका थिए । उक्त कार्यक्रम सफल भएको उनी बताउँछन् । उक्त कार्यक्रम सफल बनाउन द राइज ईभेन्टका सिईओ सलिन श्रेष्ठबाट राम्रो साथ पाएको उनी बताउँछन् । उक्त कार्यक्रमको फिनालेमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ उपस्थित उपस्थित थिईन् ।
यस क्षेत्र भविष्य खोजिरहेका राज सांगीतिक र फेशन ईभेन्ट गर्न सहज भने नभएको सुनाउँछन् । ‘सजिलो छैन यो क्षेत्रमा । कठिन मेहनत र संघर्ष गर्दैछु । यही क्षेत्रमा भविष्य बनाउन चाहन्छु’, उनी भन्छन् ।
उनी यही क्षेत्रमा स्थापित भएर परिवारलाई खुशी बनाउन चाहन्छन् । आफ्नै गाउँमा सामाजिक काम गर्ने पनि उनको सोच छ । उनले छिट्टै आफ्नो टिमसँग मिलेर देशभर नै आयोजना गर्ने गरी धेरै नयाँ परियोजनाहरू सार्वजनिक गर्ने योजना बनाएका छन्। अहिले वर्तमान अवस्थामा आर्थिक हिसाबले कार्यक्रमहरु गर्न निकै चुनौतीपूर्ण रहेको उनको भनाई छ । यसका बाबजुत पनि यस क्षेत्रमा आफू निरन्तर लागिरहने उनी बताउँछन् ।