काठमाडौँ , भदौ १
नेपाल राष्ट्रिय शिक्षक संगठनले आफ्नो २३ औँ राष्ट्रिय परिषद् बैठक आज सम्पन्न गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अधिराज्यभरिका एक हजार भन्दा बढी शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षकले जागिर खाएको होइन जागरण ल्याएको कुरा बताउनुभयो।
थोरै मासिक तलब भएतापनि आफ्नो सामाजिक कर्तव्य र जिम्मेवारी ठानेर शिक्षकहरुले समाज राष्ट्र र राष्ट्रियतालाई बलियो बनाएको कुरा बताउनुभयो। शिक्षकहरुले समाजमा जागरण ल्याउन,राजनीतिक परिवर्तन ल्याउन विभिन्न कालखण्डमा देशमा ठूलो भूमिका खेलेको स्मरण गर्नुभयो। शिक्षकलाई देशमा भएको अस्थिरताको फाइदा लिदै पटक पटक धम्क्याउने, दमन गर्ने , घुंडा टेकाउने, पदबाट निष्कासन गर्ने जस्ता अराजक कार्य गर्ने गरिएको र अब त्यस्तो हुन नदिने उहाले बिस्वास दिलाउनु भयो।
शिक्षकहरूले आफ्नो काम कर्तव्यलाई मुख्य मानेर काम गरे कहिलै अवमूल्यन नहुने विश्वास गर्नुभयो। प्रधानमन्त्री ओलीले शिक्षक संगठनले आफ्नो कार्यालय भवन निर्माण गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले जस्तो सुकै शैक्षिक समस्या आइ परेपनि संवाद गरेर समाधान गर्न सकिने समेत विश्वास दिलाउनुभयो।