सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ

सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् । पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई झापाको दमकमा डेरा गरी बसेका २८ वर्षीय रोशन बराइलीलाई प्रहीले प्रकाउ गरेको हो।उनललाई प्रहरीले सिरहा नगरपालिका ७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा गइरहेको बेला अवैध गहनासहित पक्राउ गरेको थियो ।

बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान माला, ३० थान रातो पोतेमा जडित माला, ५ थान सेतो मोती जडित माला, ६ थान खुल्ला चन्द्रमा, पोतेमा जडित चक्र थान चक्र, पोतेमा जडित मंगलसुत्र एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए ।बरामद सुन तौल गर्दा जम्मा २६.५ ग्राम भएको र तीन लाख ३५ हजार २२८ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उक्त गहना अवैध रहेको प्रहरीको दाबी छ ।

यस्तै सुनका बाला-६४ थान, ब्रासलेट-११ थान, चुरा २९ थान र रड १ थान गरी २ किलो ६५२.४ ग्राम अर्थात २ लाख १७ हजार ६८० मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सेयर गर्नुहोस्