कैलालीबाट झापा आएर युवकले गरे युवतीको हत्या

झापाको बिर्तामोडमा एक युवाले अन्धाधुन्ध छुरा प्रहार गरेर एक युवतीको हत्या गरेका छन् । बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ एक युवाको छुरा प्रहारबाट मनिषा लोहारको मृत्यु भएको हो ।

लोहार इलामको सूर्याेदय नगरपालिकाको फिक्कलकी हुन्  । उनको हत्या आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार लोहारलाई पटक पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियत्रन्त्रणमा लिएर कुटपिट गरेका थिए । कुटपिटबाट सामान्य घाइते भएका उनको बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचार गरिएको थियो । 

प्रेममा धोका खाएपछि उनले कैलालीबाट आएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एसपी केसीले भने, ‘अनुसन्धान जारी छ । अब साँझसम्म सबै कुरा खुल्छ । अनिलले आफू बिर्तामोडतिर नै बस्ने गरेको दाबी गरे पनि उनी पहिलो पटक आएको अनुसन्धानले देखाएको एसपी केसीले बताए ।

सेयर गर्नुहोस्