भारत
भा्तमा सहकारी ठगीमा संलग्न एक व्यक्ति प्रकाउ परेका छन् । वित्तीय संस्थाबाट सर्वसाधारणको ३ अर्ब भारतीय रुपैयाँ कुम्ल्याएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशमा आएको हो ।
एक वर्ष अघि भारतको महाराष्ट्र राज्यको बीडमा जिजाऊ महासाहेब मल्टी स्टेट कोअपरेटिभ संस्थाका अध्यक्ष बबन विश्वनाथ शिन्दे ३ अर्ब भारु घोटाला गरी फरार भएका थिए । पछिल्लो समय उनी भारतकै वृन्दावनमा साधुको भेषमा बस्दै आएको अवस्थामा पक्राउ परेका छन् । उनलाई एक वर्षदेखि महाराष्ट्र पुलिसको क्राइम ब्राञ्चले खोजी गर्दै आएको थियो ।