सिन्धुलीको फिक्कलबाट हेलिकोप्टर मार्फत १७ जनाको उद्धार

सिन्धुली — मध्यपहाडी लोकमार्ग अवरुद्धहुँदा सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङसाङमा ४ दिनदेखि अलपत्र परेका सोलुखुम्बु र ओखलढुङ्गाका ८ जना विरामीसहित १७ जनालाई सोमबार सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।मध्यपहाडी लोकमार्गको खुर्कोट घुर्मी खण्ड अन्तर्गत दर्जनौं स्थानमा पहिरो खसेर यातायात अवरुद्ध हुँदा ती यात्रीहरु अलपत्र परेका थिए ।

सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेका अनुसार काभ्रेको मंगलटारदेखि उदयपुरको घुर्मीसम्म यातायात अवरोध फसेकाहरुलाई गन्तव्यमा पुर्‍याउन प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काको कमाण्डमा ११० जना प्रहरी राजमार्ग क्षेत्रमा परिचालन गरिएको छ । यसअघि पनि सेनाको हेलिकप्टरबाट सिन्धुली र काभ्रेको राजमार्ग क्षेत्रमा बाढीपहिरोका कारण फसेका स्वदेशी तथा विदेशी नागरिकहरुलाइ उद्धार गरिएको छ ।

सेयर गर्नुहोस्