काठमाडौँ- संसद्को राज्यव्यवस्था समितिले मंगलबार अवरुद्ध राजमार्गहरु तत्काल खोल्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार रातिदेखि परेको पानीका कारण देशका महत्त्वपूर्ण राजमार्गहरु अबरुद्ध भएकामा केही खुलेका छन् भने सडक नै भत्किएका बिपी राजमार्गलगायत केही सडक तत्काल सञ्चालनमा आउने सम्भावना कम छ।
राज्य व्यवस्था समितिले बाटोमा अलपत्र यात्रुहरुलाई तत्काल गन्तव्यमा पुर्याउन पनि सरकारलाई निर्देशन दिएको छ।
त्यस्तै समितिले मूल्यबृद्धि रोक्न पनि सरकारलाई निर्देशन दिएको छ।
बजार अनुगमन गरी मूल्यबृद्धि हुन नदिन समितिले सरकारलाई निर्देशन दिएको हो।
बाढीपहिरो र त्यसबाट सिर्जित अन्य विपत्तिका कारण नेपालका विभिन्न स्थानमा शनिबारदेखि जनजीवन अस्तव्यस्त भएको छ।