दक्षिण कोरियामा भारी हिमपातः १४० उडान रद्द, ४ जनाको मृत्यु

दक्षिण कोरिया, मंसिर १३-

दक्षिण कोरियामा बिहीबार दोस्रो दिन भारी हिमपात भएको छ। जसकारण दर्जनौं उडान रद्द भएका छन्। चिसोका कारण कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ।

राजधानी सियोलको केही भागमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे ४० सेन्टिमिटर भन्दा बढी हिउँ जमिसकेको थियो। हिमपातका कारण १४० भन्दा बढी उडानहरू रद्द गरिए।बुधबारको राति दुई जनाको मृत्यु भएको थियो। सियोलका पूर्वी राजमार्गमा ट्राफिक दुर्घटना हुँदा कारण थप दुई जनाको मृत्यु भएको हो।

ग्याङ्वोन प्रान्तको वोन्जुमा ५३ सवारी साधन एक आपासमा ठक्कर खाँदा ११ जना घाइते भए। हिमपातबाट सियोलको इन्चेन विमानस्थल सबैभन्दा बढी प्रभावित भएको छ। सियोल र आसपासका विद्यालयलाई बिहीबार विद्यालय बन्द गरिएको छ।

सेयर गर्नुहोस्