किशोरावस्थाकाले प्रयोग गर्न नमिल्ने गरी ब्युटी फिल्टर बन्द गर्दै टिकटक

काठमाडौं ।

टिकटकले किशोरावस्थाका युवा-युवतीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।

१८ वर्षभन्दा कम उमेरका युवा-युवतीले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्न सक्ने फिल्टरमा टिकटकले प्रतिबन्ध लगाउने भएको हो।

वास्तविकताभन्दा फरक स्वरुप देखाउने फिल्टरले किशोरकिशोरी आफ्नो शरीर एवं अनुहारलाई लिएर असन्तुष्ट हुने र मानसिक स्वास्थ्य बिग्रिने समस्या बढेको भन्दै टिकटकले उक्त फिचरमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

सेयर गर्नुहोस्