भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबार स्वदेश फिर्ता भएका छन्। उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी हुन्।
आज बिहान अनौपचारिक भ्रमणको सिलसिलामा काठमाडौं आएका वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए। भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन्।






