काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले एनपीएलकै कम बलमा अर्धशतक पूरा गरेका छन् ।उनले २० बलमै अर्धशतक पुरा गरेका हुन् । उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् । गौस र दिनेश खरेलले पोखरालाई शानदार सुरुआत दिलाएका छन् ।