राजनीतिमा नफर्कन पूर्वराष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव

१९ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् । राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न उनको सुझाव छ ।

शुक्रबार राजधानीमा भएकाे नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा उनले यस्ताे सुझाव दिएका हुन् ।‘समाचारका पृष्ठहरूमा अहिले पनि आमाहरू र छोरीहरू चलेका खबर आइरहेका छन् । यो पृष्ठभूमिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ,’ उनले भने ।

राजनीतिमा आएर कुनै एक दलको नेता मात्र बन्ने अवसर पनि रहेको र सामाजिक रुपान्तरणको नायक बनेर सबैको नेता बन्ने सुविधा पनि पूर्वराष्ट्रपतिहरूमा रहेको उनको भनाइ थियो पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा पुनः सक्रिय हुन खोजेका समाचारतर्फ संकेत गर्दै उनले उनले थपे, ‘यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो । यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति (विद्यादेवी भण्डारी र डा. रामवरण यादव) हरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु ।।

सेयर गर्नुहोस्