बेलायत जाँदै शेखर कोइराला

काठमाडौँ, पुस २०-

नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत जाने भएका छन्। बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा बेलायत जाने भएका हुन्।

बेलायतको मिनी संसद (वेस्ट मिनिस्टर) मा जनवरी १३ मा नेता कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

सेयर गर्नुहोस्