दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमुना परीक्षणपछि व्यावसायिक उत्खनन हुने

काठमाडौं

नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  सामाजिक सञ्जाल फेसबुकमार्फत दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन् । जसको नमुना परीक्षण गरी व्यावसायिक उत्खनन गरिने उनले बताए ।

‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यावसायिक उत्खननको कामलाई अघि बढाइने छ।’

सेयर गर्नुहोस्