काठमाडौँ, पुस २१-
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १५०० रुपैयाँले घटेको हो ।
महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५२ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँ बढेको थियो ।






