राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी माविलाई

डडेल्धुरा, पुस २१ गते ।

परशुराम नगरपालिकाको १५औं राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी नमूना मावि परिगाउँले जितेको छ । वडा नं. ५ को रिगाउँ महाकाली नदी किनारमा अवस्थित भुनवेश्वरी नमुना माविले विभिन्न विधाका प्रतियोगितामा २७ स्वर्ण १० रजत र ४ कास्य पदक जिन्दै उपाधी हात पारेको हो ।

उपाधीसँगै भुवनेश्वरी नमूना माविले नगद ३५ हजार रुपियाँ पनि हात पारेको छ । शनिवार सम्पन्न प्रतियोगितामा भागेश्वर मावि कटाल ९ स्वर्ण, २ रजत र ८ कास्यसहित दोस्रो भएको छ । यस्तै ७ स्वर्ण, ३ रजत र १ कास्य पद जित्दै शिद्धनाथ मावि जयपुर जोगबुडा तेस्रो भएको छ ।

रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण, ६ रजत र ६ कास्यसहित सिताराम मावि कुरमुल्ले चौथो हुदा २ स्वर्ण, २ रजत र ४ कास्यसहित जनज्योति मावि गाइबाधे पाँचौ स्थानमा रहेको छ । २ स्वर्ण, २ रजत र ३ कास्य पदकमा जित्दै शिद्धनाथ मावि चन्दनी छैटौं स्थानमा छ ।

यता भागेश्वर मावि सलौनले १ स्वर्ण, ८ रजत र ३ कास्य पदक जित्दा सातौ स्थानमा छ । आठौं स्थानमा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित बैजनाथ मावि जमरानी छ । शैलेश्वरी मावि तुलाभाडिले १ स्वर्ण, ५ रजत र २ कास्य पदक हात पारि नवौ स्थानमा रहेको छ । १ स्वर्ण, १ रजत र २ कास्यसहित शिवपार्वती मावि पोखरी दशौं स्थानमा छ।

एघारौं स्थानमा कैलपाल मावि बोडाले ३ रजत र ५ कास्य जितेको छ । बाह्रौ स्थानमा २ रजत र २ कास्य जितेको भागेश्वर मावि बशौटी र शिवसंकर मावि सादनि छन् । तेह्रौं स्थानमा ३-३ कास्य जित्न सफल भागेश्वर मावि शिर्ष र बैजनाथ मावि सलेता रहेको प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक देव बहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार ग्रिनभ्याली इङ्गलीस बोर्डिक स्कुल जोगबुडा र शिद्धनाथ मावि परशुराम ७ मलासले कुनै विधामा पनि स्थान सकेनन् ।

प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई नियमानुसार कर कट्टि गरि क्रमस् २५ हजार, १५ हजार र १० हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०८१-०८२ को स्वीकृत कार्यक्रम अन्तरगत हरेक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्गमैदानमा भएको प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समिति संयोजक बोहराले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा परशुराम नगरपालिकाका सामुदायिक र संस्थागत गरि १७ वटा माविहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताका सबै विधामा १७ विद्यालयका करिव ९ सय बढि छात्र, छात्रा सहभागी भएका थिए ।

बिहिवार सामाजिक विकास समिति संयोजक तथा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक देव बहादुर बोहराको अध्यक्षता एवं नगर प्रमुख भरत बडायर जोशीको प्रमुख आतिथ्यतामा रनिंग शिल्ड प्रतियोगिता उदघाटन भएको थियो । शनिबार डडेल्धुरा जिल्ला समन्वय समिति सदस्य लिला धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको छ ।

शनिवार नै नगरपालिकाले परशुराम नगरपालिकाको आधीकारिक महिला, पुरुष भलिबल र कबड्डि खेलको टिमसमेत घोषणा गरेको छ । प्रतियोगिता अवधिमा विभिन्न विधामा सहभागी उत्कृष्ट खेलाडीलाई समेत ट्रफिद्वारा सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्