चन्द्रगढी उडेको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं

काठमाडौंबाट झापाको चन्द्रगढीका लागि उडान भरेको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

सोमबार बिहान १० बजेर ३७ मिनेट जाँदा चन्द्रगढीका लागि उडेको बुद्ध एयरको बीएचए ९५३ उडान नम्बर भएको विमान बिहान ११ बजेर १५ मिनेटमा काठमाडौंमा आकस्मिक अवतरण भएको हो ।

काठमाडौंदेखि ४३ नटिकल माईल पूर्व पुग्दा बायाँ ईन्जिनमा फ्लेम आउट भएकोले उक्त विमान सुरक्षित अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उक्त विमानमा ७२ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए ।

सेयर गर्नुहोस्