माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकियो

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ ।

आजै बैठक सक्ने तयारी स्वरूप यसअघि बोल्न नाम टिपाएका नेताहरूलाई नाम फिर्ता लिन प्रचण्डले मंगलबारको बैठकमा आग्रह गरेका थिए । त्यसपछि ३८ जनालाई बोल्न दिएर अन्यले नाम फिर्ता लिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

अब बैठकको निर्णयका लागि पदाधिकारी बैठक बस्ने र त्यसपछि उठेका प्रश्नहरूको जवाफसहित विभिन्न निर्णय गरेर बैठक समापन गर्ने माओवादीको तयारी छ ।  माओवादीको बैठक आइतबारदेखि राजधानीमा सुरु भएको हो ।
सेयर गर्नुहोस्