माघे सङ्क्रान्तिका लागि तरुलको व्यापार (फोटो फिचर)

काठमाडौँ, पुर २३ गते । 

माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार भरिन थालेको छ।

उपत्यकाका गल्ली तथा चोक–चोकमा तरुल, सखरखण्ड, पिँडालुलगायतका वस्तुको व्यापार पनि बढ्न थालेको छ।

हरेक चाडपर्वका विशेषता र महत्त्व छन्। नेपालीले मनाउने चाडपर्वमा फरक परिकार खाने गर्दछौं। माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति र माघी भनेर माघ १ गते विशेष परिकार खाने चलन छ। माघे सङ्क्रान्तिमा तरुल, घिउ, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ। यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ।

उपत्यकाको मुख्य तरकारी बजार कालिमाटीमा मुख्यतः सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकबाट तरुल आउने गरेको व्यासायी बताउँछन्।

सेयर गर्नुहोस्