‘पुष्पा २’को रिलोडेड भर्जन रिलिज हुने, फिल्ममा अरु २० मिनेटको अतिरिक्त दृश्य थपियो

मुम्बई, पुस २४-

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ हलमा लागेको एक महिना भइसक्यो । तर बक्स अफिसमा फिल्मको ‘जलवा’ कम भएको छैन ।

५ डिसेम्बरमा रिलिज भएको यस फिल्मले भारतमा १ हजार ४४१ करोडभन्दा बढीको कमाई गरिसकेको छ । ‘बाहुबली’ र ‘दंगल जस्ता कयौं फिल्मको रेकर्ड तोडेर पुष्पा २ सबैभन्दा ठूलो भारतीय फिल्म बनेको छ । ग्लोबल बक्स अफिसमा फिल्मको कमाई १ हजार ८०० करोडभन्दा बढी पुगिसकेको छ ।

रिलिज भएको एक महिनापछि, पुष्पा २ को निर्माताहरूले फिल्मको एक्सटेन्डेड कटसहित ‘पुष्पा २ः द रुल रिलोडेड भर्सन’ रिलिज गर्ने घोषणा गरेका छन् ।

जनवरी ११ देखि हलमा फिल्मको रिलोडेड भर्जन चल्नेछ । यसमा दर्शकहरूले २० मिनेटको दृश्य बढी हेर्न पाउनेछन् । यो घोषणाले फ्यानहरु निकै उत्साहित देखिएका छन् । एजेन्सी

सेयर गर्नुहोस्