चितवन, पुस २४-
भरतपुरसहित सिमरा र भैरहवाको उडान अवरुद्ध भएको छ । आज (बुधबार) बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम हुँदा उडान अवरुद्ध भएको हो ।
भरतपुर विमानस्थलका अनुसार आज बिहानैदेखि भरतपुरबाट हुने सबै उडान अवरुद्ध भएको छ । तर, तराई क्षेत्रका अन्य विमानस्थल भने खुलेका छन् ।







