सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य पनि घटेको  छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्