कब्जामा रहेकामध्ये ३३ बन्दी रिहा गर्न हमास सहमत देखियो : इजरायल

दोहा-

 प्यालेस्टाइनी विद्रोही समूह हमासले २०२३ अक्टोरमा ७ मा कब्जामा लिएर राखेकामध्ये ३३ जना बन्दी रिहा गर्ने भएको छ ।

दोहामा जारी वार्ताकारका अनुसार प्रारम्भिक चरणमा हमासले ३३ इजरायली बन्दी रिहा गर्न मञ्जुर भएको हो ।हमास–इजरायल बिच युद्धबिराम गर्नेबारे छलफल अन्तिम चरणमा पुगिरहेको जनाउँदै सम्झौताअनुसार पहिलो चरणमा ३३ बन्धक रिहा गर्न हमास तयार भएको इजरायली अधिकारीहरूले जनाएका छन ।

‘इजरायल–हमास युद्धमा युद्धविराम हुने महिनामा पहिलो सकारात्मक संकेत देखा पर्न सक्छ,’ इजरायलका एक अधिकारीलाइ उद्धृत गर्दै अल जजिराले लेखेको छ ।मध्यपूर्व अस्थिर बनाउँदै गाजा क्षेत्रलाई ध्वस्त पारेको १५ महिनापछि दुवै पक्ष युद्दविरामनजिक पुगेका छन् ।

अब इजरायलले घेराबन्दीमा परेको प्यालेस्टिनी एन्क्लेभमा थप सहायताको लागि अनुमति दिने भएको छ । अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले आक्रमण गरे पछि त्यहाँको शान्ति अवस्था दयनीय छ ।हमासले इजरायलबाट लिइएका २५१ बन्धकमध्ये ९४ जना अझै पनि उनीहरूको कब्जामा छन । जसमध्ये कम्तीमा ३४ जना मारिएको जनाइएको छ ।

इजरायलले सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्धकमध्ये धेरैजसो जीवित रहेको विश्वास गरेको छ । एक वरिष्ठ इजरायली अधिकारीले सोमबार पत्रकारहरूलाई बताएअनुसार सूचीमा मृतक बन्दीका शव पनि हुन सक्ने जनाइएको छ ।

सेयर गर्नुहोस्