प्रचण्डद्वारा ग्रामथानका ज्येष्ठ नागरिकलाई सम्मान

मोरङ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।

अध्यक्ष प्रचण्डले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटेल र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गरेका हुन ।

सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उनीहरूबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्नेसमेत बताए ।

आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका  लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्