यु–१९ महिला विश्वकप : नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित

काठमाडौं

मलेसियामा जारी १९ वर्ष मुनीको आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ ।

बङ्गलादेशले १३ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा जीतका लागि नेपालले दिएको ५३ रनको लक्ष्य भेट्टाएको छ ।

शनिबारको आफ्नो पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८।२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफल मात्रै तयार पार्न सकेको थियो ।

सेयर गर्नुहोस्