काठमाडौं, माघ ६-
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
छुनछेक बहसका लागि छवि आज अदालत उपस्थित भएका हुन् । जोशीको बयान तथा थुनछेक बहस न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा हुनेछ ।उनले आफू अदालत आइपुगेको बताएका छन् ।
यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की अदालतले छविलाई ८८ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । जोशी गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक हुन् ।