८ माघ, काठमाडौं ।
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् ।
उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् ।
उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए ।